नियम १०
कार्य सम्पादनको मूल्याड्ढनको आधारमा हुने बढुवाको सूचना प्रकाशन र दरखास्त

(१) नियम ७ बमोजिम पदपूर्ति प्रतिशत तथा पदसंख्या निर्धारण भएपछि आयोगले कार्य क्षमताको मूल्याड्ढनद्वारा बढुवा हुने पदहरुको विवरण सहितको सूचना प्रकाशन गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूचनामा बढुवा गरिने पदको लागि आवश्यक पर्ने सेवा अवधि, सम्भाव्य उम्मेदवार हुन जेष्टता गणना गर्ने (असार मसान्तको हिसावले) अवधि, शैक्षिक योग्यता, बढुवा हुने पदको विवरण तथा संख्या, पद रिक्त भएको कार्यालय, दरखास्त दिने अन्तिम म्याद र स्थान समेत खुलाउनु पर्नेछ ।

(३) बढुवाको लागि योग्यता पुगेका सम्बन्धित उम्मेदवारले उपनियम (१) बमोजिमको सूचनामा तोकिएको म्यादभित्र आयोगद्वारा निर्धारित ढाँचामा दरखास्त पेश गर्नु पर्नेछ ।